२७औं क्यान इन्फोटेक मेला माघ १८ देखि भृकुटीमण्डपमा

काठमाडौँ । २७औं क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । गरेक वर्ष हुने गरेको उक्त मेलाको २७ औं संस्करण गत वैशामा कारोना महामारीका कारण हुन सकेको थिएन ।

क्यान इन्फोटेक २०२२ नाम दिइएको उक्त मेलामा सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यानले जनाएको छ ।

मेलामा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर जस्ता विषयका लागि फरक खण्ड तथा स्टल राख्ने गरी मेलाको तयारी भइरहेको क्यानले जनाएको छ ।

मेलामा सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहने जनाइएको छ ।

क्यान इन्फोटेकको २६औँ संस्करणमा करिब साढे ३ लाखले अवलोकन गरेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *