सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ । शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य आइतबार ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार ९० हजार ८ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुन कारोबार भएको थियो ।

चाँदी समेत आइतबार प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रितताेला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *