कर्णालीको सभापतिमा देउवा पक्षका शाही विजयी

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका हुन् ।

कुल खसेको ७ सय ५४ मतमध्ये ललितजङ्गले ४ सय २२ मत प्राप्त गरी कर्णालीको सभापतिमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बमले ७ मत प्राप्त गरेका छन् ।

खसेको कुल मत संख्यामध्ये ८ मत बदर भएको छ । भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल) पक्षका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी पक्षका हुन् । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *