कांग्रेस अधिवेशन : कर्णालीमा मतदान सकियो, ७७१ मत मध्ये ७५४ मत खस्यो 

सुर्खेत  । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णालीमा भएको निर्वाचनमा मतदान प्रक्रिया सकिएको   छ । शनिबार बिहान १२ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि दिउँसो साढे दुई बजेपछि सुरु भएको थियो । उक्त मतदान प्रक्रिया बेलुका ८ बजे सकिएको  निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, ७ सय ७१ मत मध्ये ७ सय ५४ मत खसेको छ । मतदान प्रक्रिया सम्पन्नसँगै राती १० बजेबाट मतगणना सुरु हुने भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिको लागि त्रिपक्षीय समूहबीच भिडन्त भएको छ । जसमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट जुम्लाका ललितगङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कालिकोटका भुपेन्द्रजङ्ग शाही र विमेलन्द्र निधि समूहबाट कालिकोटका मोतीराज बम रहेका छन् । सभापतिदेखि सदस्यसम्म गरेर ५१ जना उम्मेदवार छन् । जसमध्ये चार जना निर्विरोध छन्  । भने ४७ जनालाई मतदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *