विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

काठमाडौँ । विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ । ललितपुरमा शनिबार आयोजित विशेष समारोहकाबीच सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम पनि ‘विवेकशील साझा पार्टी’ राखिएको छ भने अध्यक्षमा रवीन्द्र मिश्र रहेका छन् । साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल गराइएको छ ।

त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका १० जना सदस्यहरू थपिएको घोषणा पत्रमा उल्लेख छ । एकता कार्यक्रममा विवेकशील साझाका अध्यक्ष मिश्रले देशको रूपान्तरण गर्ने क्षमता आफ्नो पार्टीले राख्ने र मुलुकको नेतृत्व गर्ने दाबी गरे ।

उनले देशको उपभोक्ता समितिले न्यायालयसम्म पनि पुराना दलहरूले राजनीतिक गर्ने गरेको भन्दै त्यसलाई तोड्न केही समय लाग्ने तर्क गरे । एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने विवेकशील साझाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *