कांग्रेस अधिवेशन : कर्णालीमा १२ बजेपछि मतदान

सुर्खेत । कर्णाली प्रदेशको कांग्रेस नेतृत्वका लागि आज बजेदेखि चुनाव हुँदैछ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशनमा शनिबार सभापति, महामन्त्री लगायत सदस्य पदका लागि चुनाव हुन लागेको हो ।

सभापतिका लागि मात्रै तीन जनाको उम्मेदवारी परेको छ । यस्तै महामन्त्रीमा पाँच जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सह महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जस मध्ये चारजना पुरुष र दुई महिला छन् ।

शनिबार बिहानसम्म उम्मेदवारी उम्मेदवारी फिर्ता नभए चुनाव हुने निर्वाचन समितिले जनाएको थियो । कांग्रेस कर्णालीको नेतृत्वका लागि ललितजंग शाही, भूपेन्द्रजंग शाही र मोतिराज बम सभापतिको उम्मेदवार छन् । धेरै जसो उम्मेदवारी फिर्ता नभएका कारण सभापतिदेखि सदस्य पदमा चुनाव हुने भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार मतदान दिउँसो १२ बजेदेखि साँझ ५ बजे सम्म हुने छ भने मतगणना सकिए लगतै मतगणना हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *