बिहेको भोज खाएर फर्किँदै गरेका तीन जनाको दुर्घटनामा मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्जुनी ब्यारेकनजिकै भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा धनगढीस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका-९ रैकवारका ५५ वर्षीय रनी राना, सोही ठाउँकी ६५ वर्षीया द्रोपती राना र ४४ वर्षीया रतनाकुमारी राना रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । दैजीबाट कृष्णपुरस्थित घर फर्किरहेको जन्ती भोज खाएर फर्कँदै गरेका स्थानीय सवार से १ त ३८४१ नम्बरको ट्याक्टर सडकबाट उत्तरतर्फ दुर्घटनामा परेको हो ।

ट्याक्टरको ट्रली पल्टिँदा ट्रलीमा बसेका १४ जना घाइते भएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *