नागरिक लगानी कोष बन्यो पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्ता

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता सेयरको ९६ करोड बराबर प्राथमिक सेयर निस्काशन प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष बनेको छ।

हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत उत्पादन गर्नेछ। हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ।

सम्झौता पत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *