कांग्रेस सभापतिका लागि कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशमा सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार तीन सभापतिले उम्मेदवारी घाेषणा गरेका छन् । यससँगै यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने पक्का भएकाे हाे । उम्मेदवारी दर्ता गराउनेहरूमा ललितजंग शाही, भूपेन्द्रजंग शाही र मोतीराम बम रहेका छन् ।

यस्तै उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर शाही उपसभापतिका आकांक्षीहरू हुन् ।

यसैगरी महामन्त्रीमा ५ आकांक्षी छन् भने सहमहामन्त्रीहरूमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पाैडेल र जयनन्द उपाध्यय गरी ४ आकांक्षी छन् । यही पदका लागि महिलातर्फ रामछायाकुमारी शाही र देविकाकुमारी सिंहले उम्मेदवारी दिएका छन् ।

विवरण हेर्नुस्:

सभापति
१ ललितजंग शाही
२ भुपेन्द्रजंग शाही
३ मोतिराज बम

उपसभापति-
१ कालीबहादुर सहकारी
२ सनतकुमारी कार्का
३ देबेन्द्रबहादुर शाही
४ तिलकबहादुर भण्डारी

महामन्त्री-
१ निरञ्जन केसी
२ कृष्णकुमार रोकाया
३ कृष्णबहादुर वीसी
४ खगेन्द्रबहादुर मल्ल
५ गोविन्दबहादुर कोइराला

सहमहामन्त्री पुरुषतर्फ-
१ उपेन्द्रबहादुर थापा
२ एकराज डांगी
३ नेत्रलाल पौडेल
४ जयनन्द उपाध्याय

सहमहामन्त्री महिलातर्फ-
१ रामछायाँकुमारी शाही
२ देविकाकुमारी सिंह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *