नयाँबजारस्थित गार्मेन्ट गोदाममा आगाे लाग्दा  १ करोडको क्षति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ नयाँबजार खुसिबुको नर्सरी चोकस्थित एक गार्मेन्ट गोदाममा शुक्रबार आगलागी हुँदा १ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार कालीकोट घरभई स्थानीय लोहोछे महर्जनको एक तले घरमा जनम हमाल र ऐजना हमालले राखेको ब्याङकेट गोदाममा वेल्डिङ गर्ने क्रममा आगो लागेको हो ।

दिउँसो २ः४० बाटा सुरु भएको आगलागीलाई काठमाडौं महानगरपालिकाका २, नेपाली सेनाको एक, मध्यपुर थिमि नगरपालिकाको एक, भक्तपुर नगरपालिका एक, ललितपुर महानगरको एउटा गरी ६ वटा दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण नियन्त्रणमा आएको थियो ।

१ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *