सौताको छोरालाई विष खुवाएर हत्या गरेको अभियोगमा एक महिला भारतबाट पक्राउ

धनगढी । सौताको छोरालाई विषादी खुवाइ हत्या गरेको आरोपमा कैलाली प्रहरीले एक महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । कैलाली प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सौताको छोराको हत्या आरोपमा पक्राउ गरेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भई धनगढीमा डेरी गरी बस्दै आएकी २३ वर्षीया मागी रोकायालाई सार्वजनिक गरेको हो ।

आरोपित महिलालाई आफूसँगै बस्दै आएका सौताका छोरा १० वर्षीय निशान थापामगरको विषादी खुवाइ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । उनकाअनुसार महिलाले कात्तिक २९ गते दुधमा विषादी मिसाएर खुवाइ कोटाभित्र थनेर आफ्ना १४ वर्षीया छोरी र ८ वर्षीय छोरासहित फरार भएकी थिइन् ।

महिला कात्तिक २९ गते बालकलाई विषादी खुवाएर छोराछोरीसहित भारतको हरियाणा फरार भएपनि घटना मंसिर २ गते सार्वजनिक भएको थियो । प्रहरीले हत्या आरोपित मागी रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

यसरी भयो घटना ?

बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ घर भएका बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमै थिए । घरमा एक छोरा र एक छोरी हुँदाहुँदै उनले तीन वर्षअघि भारतमै निर्मला थापामगर नामकी एक महिलासँग भागी विवाह गरे । निर्मलासँगै निशान पनि साथमै आए ।

निर्मलासँगै आएका निशानलाई धनगढीस्थित हिमालय एकेडेमीमा बार्डर गरेर भर्ना गरे । करीब ३ बर्ष अघि नै मागी रोकाया पनि हाल १४ वर्षकी छोरी र ८ वर्षको छोरालाई पढाउन घनगढीमा आइन् ।

घरकी श्रीमती र छोराछोरी पनि धनगढीमै आएर बस्न थालेपछि बहादुरले बोर्डस गरेको निशानलाई पनि २ वर्ष अघिदेखि उनीहरूसँगै राख्न थाले । राछोरीसँगै धनगढी उप–महानगरपालिका वडा नम्बर २ स्थित डेरा गरी बस्ने आएकोमा मागी र श्रीमान् बहादुरबीच वादविवाद गालीगलौज बढ्यो ।

श्रीमान्‌सँगकाे रिसले मागीले कात्तिक २९ गते मृतक निशान्त स्कूलबाट फर्किएपछि उनले थाहा नपाउनेगरी दूधमा मुसा मार्ने औषधि मिसाएर खुवाइन् । विषादी खुवाएपछि निशानलाई ‘कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौँ’ भनेर उनी आफ्ना छोराछोरी लगेर भारततर्फ लागिन् ।

श्रीमती र छोराछोरी केही दिनदेखि सम्पर्कमा नआएपछि भारतबाट बहादुर रोकायाले मंसिर २ गते धनगढीमा भएका आफन्तलाई उनीहरू बस्ने घरमा बुझ्न पठाए । डेरामा पुगेका आफन्तले त्यहाँ पुगेर कोठामा अगाडिको मूल ढोका बन्द गरेको र पछाडिपट्टिको ढोका खुल्ला रहेको, कोठाभित्र पङखा चालू अवस्थामा रहेको, भित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको भेटे ।

उनले नै घटनाबारे प्रहरीलाई खबर गरे । तत्काल प्रहरील घटनास्थलमा खटिई हेर्दा सौताको छोरा निशान मृत भेटिए । उनी धनगढी उपमहानगरपालिका वडा नं. २ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने पढ्थे ।

प्रहरीले छोराछोरीसहित फरार रहेकी मागीको खोजतलास शुरू गर्‍याे । खोजतलासको क्रममा मागी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि यही मंसिर १४ गते प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली त्यसतर्फ खटियो । भारतीय प्रहरीको सहयोग र समन्वयमा नेपाल प्रहरीले मागीलाई १६ गते भारतको हरियाणा रोहतक प्रेम चोकबाट पक्राउ गरेर नेपाल ल्याउन सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *