द्वन्द्व पीडित अपाङ्ग समाज – नेपाललाई ज्योति बैंकको सहयोग

काठमाडौँ । द्वन्द्व पीडित अपाङ्ग समाज – नेपाल लाई ज्योति विकास बैंकको सहयोग गरेको छ ।

ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौँ स्थित द्वन्द्व पीडित अपाङ्ग समाज ९ नेपाललाई संस्थामा आश्रित अपाङ्गता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरूको निम्ति आवश्यक औषधीहरू हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैङ्ककी साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधान द्वारा शंखारापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपाङ्ग समाज ९ नेपालका अध्यक्ष युवराज थापा लाई रु.५० हजार बराबरको औषधी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *