विश्वको स्वादिष्ट परिकारमा अब नेपाली म:म पनि 

काठमाडौँ । नेपालीहरुको माझ लोकप्रिय खाजा मःम विश्वकै स्वादिष्ट परिकारको सूचीमा परेको छ । अमेरिकी टेलिभिजन सीएनएनले म:मलाई स्वादिष्ट खानाको सूचीमा राखेको हो । सूचीमा संसारभरि रुचाइने ३५ वटा खानाको परिकार समावेश गरिएको छ ।

३५ वटा मध्ये म:मलाई २३ औँ नम्बरमा राखिएको छ  । सीएनएनले काठमाडौँको विशेष गरी पर्यटकीय क्षेत्रमा मःम प्रचलित रहेका उल्लेख गरेको छ ।

सूचीको शीर्ष स्थानमा अर्थात् सबैभन्दा स्वादिष्ट परिकारमा चीनको ‘जिआओलङबाओ’ परेको छ भने सूचीको अन्त्यमा अफगानिस्तानको परिकार अशकले स्थान पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =