गण्डकीमा देउवालाई काउन्टर दिन पौडल पक्षको उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन चलिरहेको छ । आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ । यहाँ संस्थापन पक्षले पहिले नै उम्मेदवार टुङ्गो लगाई सकेको छ । पर्वतका अर्जुन जोशीको नेतृत्वमा संस्थापन (शेरबहादुर देउवा) प्यानल बनेको हो ।

उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा गोरखाका ईश्वर पाण्डे र कास्कीका कुमार खड्का तथा सहमहामन्त्रीमा गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले र नवलपुरकी ओमकला गौतमलाई उम्मेदवार बनाएको छ ।

ढिलो गरी उम्मेदवार टुङ्ग्याएको संस्थापन इतर समूहले देउवालाई काउन्टर दिने गरी व्यक्तिको छनोट गरेको छ । शुक्रराज शर्मालाई सभापतिको टिकट दिइएको छ । अन्य अधिकांश पदहरू देउवाका उम्मेदवार हराउनका लागि एउटै जिल्लाबाट उम्मेदवार तयार गरिएको छ । उपसभापतिमा स्याङ्जाबाटै कल्पना तिवारी, महामन्त्रीमा गोरखाबाटै किरणबाबु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

पौडेलबाट अर्को उपसभापतिमा बागलुङका हरिकृष्ण श्रेष्ठ, अर्का महामन्त्रीमा नवलपुरका विष्णु लामिछानेको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा लमजुङका रमेश पाण्डे, पर्वतका रामचन्द्र जोशी र कास्कीकी कोपिला रानाभाट उम्मेदवार छन् । जोशी देउवा प्यानलबाट सभापति बनेका अर्जुन जोशीको भोट काट्नका लागि उठाइएको हो । अरू उम्मेदवार पनि दुवै प्यानलबाट टुङ्गिएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *