हाम्रो पात्रो एपबाट दुई महिनामै १ करोडभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । हाम्रो पात्रो एपवाट १ करोडभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको कम्पनीले जनाएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिनाआघि मात्र यो सेवा प्रयोगकर्तामाझ सञ्चालनमा ल्याएको थियो ।

यो अवसरमा हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार ब्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुबिधा दिनु हो,अबको केहि समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुबिधा सुरु गर्ने गृहकार्य गर्दैछौ। त्यसैगरी ‘इन्स्ट्यांन्ट ट्रान्सफर सुबिधा चाडै आउने शंकर उप्रेतीले बताए । जस अन्तर्गत पैंसा पठाएको केहि समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ।

कम्पनीका अनुसार रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै कम्पनीकाे वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *