ट्र्याक्टर दुर्घटनामा श्रीमान्‌काे मृत्यु, श्रीमती घाइते

जाजरकोट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटनामा श्रीमान्‌काे मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।

उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा ९माओवादी केन्द्र० आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *