राप्रपामा निर्वाचन प्रक्रिया शुरु (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । मतदाताको सूची सम्बन्धी विवाद समाधान भएसँगै राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

राप्रपाको निर्वाचन समितिले ४४ सय ७१ जनाको मतदाता नामावली सूची प्रकाशित गरिएको छ । निर्वाचन समितिका अनुसार दाबी विरोधका लागि अहिले ११ बजेसम्म समय दिइएको छ । दाबी विरोध सकिएपछि मतदाता नामावलीको अन्तिम प्रकाशन गरिने छ ।

त्यसपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । शुक्रबार साढे ११ बजेबाट उम्मेदवारको दरखास्त आह्वान गरिने र उम्मेदवारी दर्ता साढे १ बजेसम्म हुने छ ।

निर्वाचन समितिले उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि अपराह्न ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि ५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

निर्वाचन समितिले शनिबार बिहानबाट मतदानको कार्यक्रम हुने बताएको छ । राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले ४ उपाध्यक्ष र ३ महामन्त्रीको प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *