कर्णाली प्रदेश : कांग्रेस सभापतिमा चार जना दाबेदार

सुर्खेत । नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशन बिहीबारदेखि सुरु भएको छ । कांग्रेसको प्रदेश नेतृत्वका लागि चार जना आकांक्षी देखिएका छन् ।

कर्णाली प्रदेश अधिवेशनमा संस्थापन र संस्थापनइतर पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सोहीअनुसार कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य जिवनबहादुर शाही र हृदयराम थानीबीच सभापति पदमा टिकटका लागि आकांक्षीहरूको दौडधुप चलिरहेको छ । महामन्त्री खड्का र केन्द्रीय सदस्य तथा कर्णालीका मुख्यमन्त्री शाही देउवा समूह र थानी पौडेल समूहका नेता हुन् ।

संस्थापन पक्षबाट प्रदेश सभापतिमा दुई जना आकांक्षी छन् । जुम्लाका ललितजंग शाही र जाजरकोटका राजिवविक्रम शाहले दाबी गरिरहेका छन् भने संस्थापन इतरबाट जाजरकोटका दिपकजंग शाह र कालिकोटका भुपेन्द्रजंग शाहीले दाबी गरेका छन् । तर, हालसम्म कुनै पनि समूहले उम्मेदवार टुंगो लगाउन भने सकेका छैनन् ।

उम्मेदवारी छनोटका लागि छलफल चलिरहेको नेताहरूले बताएका छन् । राजिवविक्रम शाह संविधानसभा निर्वाचन २०७० मा निर्वाचित भएका थिए ।

संस्थापनइतर पक्षका दिपकजंग शाह २०४८ सालमा भएको निर्वाचनमा जाजरकोटबाट निर्वाचित सांसद हुन् । उनले सांसद हुँदा ग्रामीण पूर्वाधार समितिको उपाध्यक्ष भई जिम्मेवार सम्हालेका थिए । अर्का आकांक्षी भुपेन्द्रजंग शाही कांग्रेसको भातृ संगठन तरुण दलका महामन्त्री हुन् ।

दुवै पक्षले एक एक जना मात्र आकांक्षी तय गर्ने प्रयास गरिरहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *