उपल्लो डोल्पाको विद्यार्थीहरुको लागि ज्योति विकास बैङ्कको सहयोग

काठमाडौँ । ज्योति विकास बैंक उपल्लो डोल्पाको शीलान्यास गाउँस्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरूको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई)को ‘प्रोजेक्ट ज्योति’ मार्फत दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेका थिए ।

एच डी आईले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ।

सो बत्तीहरूले विद्युतीय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।

प्रोजेक्ट ज्योति नाम दिइएको यस परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार र प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरी जडान गरिने छ।

सो पावर वालले विद्यार्थीहरूलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *