नेप्सेमा पहिरो जादाँ सवा ३ अर्बको कारोबार

काठमाडौँ ।साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ ।

(नेप्से)परिसूचक ४९.०९ अङ्कले घटेको छ । त्यस्तै बुधबार सेयर बजार ५ अकंले बढेको थियो भने कारोबार रकम भने पौने ३ अर्बमा सीमित थियो ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०१.८६ प्रतिशतले घटेर २५८४.६१ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ परिसूचक ९.४६ अङ्कले घटेर ४८७.२७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

बिहीबार २ सय ३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १ सय २६ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

यसदिन सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । यस्तै महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.५० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *