कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले शाखाको समुद्घाटन गरेका हुन ।

उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसङ्ख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए।

उनले सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कलाई सबैको सहयोग रहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *