बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा युवासँग – महालक्ष्मी लाइफ
२०७८ मंसिर १६ गते

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बिमा जागरण अभियान अन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा युवासँग – महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।
नव क्षितिज कलेज बर्दिबासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कम्पनीका उपक्षेत्रीय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बिमाको महत्त्व बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो।
त्यसैगरी मङ्सिर १४ गते जे.एस. मुरारका बहुमुखी क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रीय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य राखेका थिए ।
१३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि युवासँग- महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न भएको छ ।
सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा सञ्चालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।
५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन उपक्षेत्रीय प्रमुख लाल बहादुर थापा मगरले गरेका थिए ।
२०७८ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








