लक्ष्मी बैंकको ‘डिजिटल डिसेम्बर’ अन्तर्गत तेस्रो संस्करणकाे अफर सुरू

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण अन्तगर्गतको अफर सुरू गरेको छ ।

डिजिटल डिसेम्बर नाम गदिइएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।

यस एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्ने जनाएको छ ।

बैंकका अनुसार डिजिटल डिसेम्बरको यस संस्करण क्युआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न र व्यवसायीलाई क्युआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ ।

यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली क्युआर व्यवसायीहरुले ५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्युआर भुक्तानी गर्ने ग्राहकले ५ सय रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछन् ।

साथै यस योजनाको अवधिभर मोबाइल मनीका नयाँ प्रयोगकर्ताले मोबाइल मनी मार्फत् एक हजारभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकमध्ये ५ सय जना भाग्यशाली ग्राहकले डिसेम्बर महिनाको अन्त्यमा ५ सय रुपैयाँ क्यास ब्याक पाउन सक्नेछन् । यसका साथसाथै डिजिटल कारोबारलार्इ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निस्शुल्क पाउने छन् ।

डिजिटल डिसेम्बरको यो संस्करण सुरु भइसकेको र पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जाने बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *