नेप्से बढ्यो, कारोबार रकम बढेन

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ५.२८ अङ्कले बढेको छ ।

बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.२० प्रतिशतले बढेर २६३३.६५ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ०.८९ अङ्कले बढेर ४९६.७४ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ वटा उपसमूह मात्र घटेका छन् भने बाँकी सबै उपसमूहका सूचक बढेका छन् ।

बुधबार २ सय २३ कम्पनीका ५३ लाख १० हजार २ सय १५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *