कर्णाली : मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेश सभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री शाहीले गरेको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका सांसदहरूले विश्वासको मत दिएका हुन् ।

३५ सदस्य रहेको प्रदेश सभामा शाहीले २२ मतसहित प्रदेश सभाको विश्वास प्राप्त गरेका हुन् । उनलाई माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादी ३ र राप्रपाका १ सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *