नेपालको घाँस चीन निर्यात गरिने

काठमाडौँ । सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीन निर्यात गर्ने बाटो खोलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशोधित घाँस चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच सम्झौताको लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गरेको छ ।

यो स्वीकृतिसँगै घाँस निर्यात गर्ने बाटो खुलेको हो । दुई देशबीच छलफल भएर प्रोटोकलको कुरा टुङ्गिएको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

चीनले नेपालबाट झण्डै डेढ वर्ष अगाडि नै नेपालबाट घाँस लैजाने तयार भएको थियो । त्यसका लागि चितवनमा उत्पादन तथा प्रशोधन गरेर लैजान ठीक पारेको थियो तर प्रोटोकल नमिलेका कारण लैजान पाएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *