लालबाबुले लेखे- ‘महाभारत र इतिहास पढ्नु जरुरी रहेछ’

काठमाडौँ । नेकपा एमालेको साधारण सदस्य मात्रै रहने घोषणा गरेका लालबाबु पण्डितले महाभारत र इतिहास पढ्नु जरुरी रहेको बताएका छन् । एमालेको १०औँ सचिवको आकाङ्क्षी रहेका पण्डितले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

सचिवमा नाम नसमेटिएपछि असन्तुष्ट बन्दै उनले साधारण सदस्य मात्रै रहने बताएका थिए । आफ्नै प्रिय पात्रबाट धोका पाइने इतिहास स्मरण गर्दै उनले लेखेका छन्, ‘गङ्गा पुत्र भीष्म राष्ट्र र वंशीय राज्य सत्ताको लागि जति नै पवित्र बिचार राखेर अघि बढे पनि आफ्नै वंशका आफ्नै प्रिय पात्रबाट अति नै दुखदायी मृत्युवरण गर्नु परेको इतिहास साक्षी रहेको छ । त्यसैले महाभारत र इतिहास पढ्नु को साथै सम्झनु जरुरी रहेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *