अछाम बस दुर्घटना : मृतकको पहिचान खुल्यो, ३६ जना घाइते

धनगढी । अछाममा मंगल दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ ।

दुर्घटनामा जिल्लाको मंगलसैन नगरपालिका-१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका-१ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बसमा सवार ३८ जना सवार थिए । अन्य सबै घाइते भएका छन् । उनीहरूको सदरमुकाममै उपचार भइरहेको छ ।

सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसंन नगरपालिकाको डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । बस सडकभन्दा करिब १० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *