कामना सेवाको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखाको उद्घाटन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप-महानगरपालिका – ६ पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिमप्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

ग्राहकको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको थियो ।

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *