‘कम्प्युटर सुरक्षा दिवस’ मा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा

काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे, विनोद कुमार ढुङ्गेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई भर्चुअल कार्यक्रम मार्फत प्रतिज्ञा गराएका हुन् ।

सन् १९८८ देखि विश्वभर कम्प्युटरसम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *