अछाममा बस दुर्घटना, दुई जनाको मृत्यु

धनगढी । अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा कति जना सवार थिए भन्ने यकीन भने छैन । दुर्घटनामा अन्यको पनि ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *