नेप्से १ अकंले घट्यो, कारोबार ३ अर्बकाे

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक १.६४ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.०६ प्रतिशतले घटेर २६२८.३७ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ परिसूचक भने झिनाे अंकले हरियाे भएकाे छ । सेन्सेटिभ इन्डेक्स ०.१८ अङ्कले बढेर ४९५.६३ बिन्दुमा पुगेको हाे । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

मगंलबार २ सय २५ कम्पनीका ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर ३ अर्ब ८९ लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *