पेपर क्लिपले ‘अफरोड नेपाल’ इभेन्ट आयोजना गर्ने

प्रोडक्सन कम्पनी ‘पेपर क्लिप’ले ‘अफरोड नेपाल’ इभेन्ट आयोजना गरेको छ । राइड गर्न मन पराउनेहरूले मंसिर १७ र १८ गते अफरोडमा राइड गर्न पाउने कम्पनीले जनाएको छ ।

नेपालको अफरोड पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो भन्ने प्रमाणित गर्न आफूले यस्तो इभेन्ट सञ्चालन गर्न लागेको कम्पनीका व्यवस्थापक बिमल न्यौपानेले जानकारी दिए । इभेन्टले अफरोड क्षेत्रको संस्कृति, चालचालनबारे बुझ्ने र अफरोड लाइफको मज्जा लिने उद्देश्य राखेको न्यौपाने बताउछन् ।

इभेन्टमा १० भन्दा बढी अफरोडमा चल्ने गाडी, ४ भन्दा बढी अफरोडमा चलाउने मोटरसाइकलको व्यवस्था हुनेछ । सय जनासम्म इच्छुक व्यक्तिलाई समेट्ने इभेन्टको लक्ष्य छ ।

अफरोड इभेन्ट सातदोबाटोबाट सुरु भएर काभ्रेको महांकाल चौर हुँदै बनेपामा सकिनेछ । कम्पनीले इभेन्टमा सहभागी भएबापत टिकट खरिद गर्नुपर्ने व्यवस्था गरेको छ ।

आफ्नै सवारीसाधान नहुँदा पनि अफरोडको मज्जा लिन चाहनेलाई राम्रो अवसर रहेको समेत बिमलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *