१० सचिवको सरुवा, कसको कहाँ ?

काठमाडौँ । सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तथा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सामान्य प्रशासनमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा मन्त्रालय लगिएको छ भने महेश्वर न्यौपाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पर्यटन मन्त्रालयमा पुगेका छन् । सहरी विकास मन्त्रालयका  सचिव रमेश सिंहलाई अतिरिक्त(जगेडा) मा राख्दै ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको मन्त्रिपरिषद् कार्यालय स्रो तले जनाएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरूवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *