कामना सेवा विकास बैंकको शाखा प्रगतिनगर र डण्डामा

काठमाडौँ । कामना सेवा विकास बैंकले नवलपरासीको सूस्ता पूर्वमा एकै दिन दुई ओटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सूस्ता पूर्व देवचुली नगरपालिका–१५ प्रगतिनगर र कावासोती नगरपालिका–१६, डण्डामा शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।

सुविधा सम्पन्न कार्यालयमा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्न बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।

शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष सुदीप आचार्यले गरे ।

बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमबाट पनि बैंकले सेवा दिँदै आएको जनाएको छ । बैंकले हाल १२९ वटा शाखा, एउटा विस्तारित काउन्टर र ७६ वटा एटीएममाफृत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *