नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भइरहेको छ : पद्मा अर्याल

चितवन । नेकपा एमालेकी नेतृ पद्मा कुमारी अर्यालले नेतृत्व चयनमा सर्वसम्मतिका लागि छलफल भइरहेको बताएकी छन्  । सोमबार एमाले महाधिवेशन बन्द सत्र स्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले अन्तिम समयसम्म सर्वसम्मति नभए मात्र निर्वाचन प्रक्रियामा जानुपर्ने बताएकी हुन् ।

निर्वाचन कार्य तालिका फेरबदल भइरहेको सन्दर्भमा उनले सहमतिका लागि छलफल चलिरहेकाले यस्तो हुन गएको बताइन् । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सौराहामा चलिरहेको छ । एमाले महाधिवेशन बन्द सत्रबाट नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सबै पदाधिकारी आफै चयन गर्न सक्ने अधिकार दिइएपछि उपाध्यक्ष भीम रावल लगायतका नेताहरूले चर्को विरोध गरेका थिए ।

यस्तैमा अध्यक्ष ओलीले तयार पारेको सूचीमा केही पदहरूमा असन्तुष्टि देखिएपछि निर्वाचन प्रक्रियामा जाने भएको छ ।  जसमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव, उपमहासचिव लगायतका पदहरूमा नेताहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *