महालक्ष्मी लाइफको जर्नी टू सक्सेस सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले काठमाडौँमा जर्नी टू सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ ।

सामाखुसीस्थित स्काई बैंक्वेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालन भएको उक्त सेमिनारमा उपत्यकाभित्रका एघार शाखाहरूमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागी गराइएको थियो ।

बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा २६ वर्षदेखि बैंक, बीमामा निरन्तर कार्यकारी प्रमुख रहेकाका कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *