कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत। कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माण सामग्री बोकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ गइरहेको बा ५ ख ४६४३ नम्बरको ट्रक सोमबार बिहान निलाखा ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार  दुर्घटनामा परी ट्रक चालक नरहरिनाथ गाउँपालिका -१ का जयबहादुर बिष्टको मृत्यु भएको छ। यस्तै ट्रकका मालिक  नेत्रबहादुर बिष्ट घाइते भएकाले उपचारका लागि जिल्ला सदरमुकाम मान्म लगिएको  पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *