मेडिसिटीका डा. सुमित उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. सुमित जोशी नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)द्वारा उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित भएका छन् ।

मंसिर १० र ११ गते काठमाडौँमा आयोजित नेसनको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पेपर प्रस्तुत गरी उत्कृष्ट बन्न सफल भएका डा. सुमित जोशीले नेसनका अध्यक्ष डा. कृष्ण शर्मा र संस्थाका सचिब प्रा.डा. राजीब झाबाट ५० हजारसहित उत्कृष्ट युवा न्युरोसर्जनको प्रमाणपत्र ग्रहण गरेका हुन् ।

न्युरोसर्जरीलाई सीमित क्षेत्रमा मात्र केन्द्रित नराखी यसका अनुभव र दक्षतालाई विस्तारित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्युरोसर्जनको प्रस्तुतिकरणका बिच डा. जोशीले उत्कृष्ट युवा न्युरोसर्जन अर्वाड प्राप्त गरेका हुन् ।

डा. जोशी नेपाल मेडिसिटीको न्युरोसर्जरी विभाग अन्तर्गत न्युरोभास्कुलर, स्पाइन तथा स्कल बेस सर्जन हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *