कांग्रेस निर्वाचन : ललितपुरमा श्रेष्ठले १२ मतले हराए महर्जनलाई

काठमाडौँ । नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । दोस्रो चरणको मतदानमा रामकृष्ण चित्रकारलाई १२ मतले हराउँदै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ६६५ र चित्रकारले ६५३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा भएको मतदानमा तेस्रो भएका मीनकृष्ण महर्जनले चित्रकारलाई समर्थन गरेपनि श्रेष्ठ विजयी भएका हुन् । चित्रकर र श्रेष्ठ दुवै देउवा निकट मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *