प्रधान न्यायाधीशमाथि महाभियोगको माग गर्दै बारले नेकपा (एस)लाई बुझायो अवधारणापत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलले नेकपा (एकीकृत समाजवादी)लाई आफ्नो अवधारणापत्र बुझाएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेको बारले दलहरूलाई प्रतिबद्धता पत्र बुझाउने क्रममा आज नेकपा एसका शीर्ष नेताहरूलाई भेटेको हो ।

बारको टोलीले संघीय संसद् सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता नेपाललाई भेटेर १७ बुँदे अवधारणा पत्र बुझाएको हाे । अवधारणापत्रमा जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने लगायत बुँदा छन् ।

भेटमा नेकपा एसका अध्यक्ष माधव नेपाल, महासचिव वेदुराम भुसाललगायत नेता सहभागी थिए भने बारबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणी पाैडेल, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, रमण श्रेष्ठ तथा सर्वाेच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *