नेप्सेमा पहिरो : ८० अंकले घट्दा २७ सयबाट तल ओर्लियो परिसूचक

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार (नेप्से) परिसूचक भारी अंकले घटेको छ ।

यस दिन परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा ओर्लिएको छ । यस दिन सेयर कारोबार संख्या र रकम भने बढेको छ । यस दिन कुल २३४ वटा कम्पनीका १ करोड १९ लाख ३ हजार २ सय २ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लख ३५ हजार ५५ रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो साता ७५ लाखदेखि १ करोड कित्तासम्म कारोबार हुँदै आएको बजारमा आइतबार कारोबार बढेको हो । कारोबार संख्या र कारोकारहुने सेयर कित्ता बढ्दा कारोबार रकम समेत बढेको हो । तर, अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक समेत १४.१९ अंकले घटेर ५०१.४५ बिन्दुमा पुगेको छ ।

यस दिन सबै समूहगत उपसूचकहरु राताम्ये भएका छन् । यस दिन सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *