कांग्रेस कास्कीको सभापतिमा बराल निर्वाचित

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो चरणको मतदानमा बरालले ८० मत अन्तरबाट निकटतम प्रतिस्पर्धी सुदिपमोहन भट्टराईलाई पराजित गरेका हुन् ।

खसेको कुल १९ सय २६ मत मध्ये बरालले ९९५ मत पाए भने भट्टराईले ९१५ मत ल्याए । पहिलो चरणको मतदानमा ५ जना प्रतिस्पर्धी थिए । कसैले पनि बहुमत नल्याएपछि दोस्रो मतदान भएको हो । पहिलो चरणमा पनि बराल सबैभन्दा धेरै मत सहित दोस्रो चरणमा छिरेका थिए ।

आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलै चरणबाट बाहिरिएका हुन् । कास्की कांग्रेसमा पहिलो पटक देउवा समूहको नेतृत्व आएको हो । बराल नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *