कांग्रेस नुवाकोटको सभापतिमा केसीलाई हराउँदै महत विजयी

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् । महतले डा. केदार नरसिंह केसीलाई हराउँदै सभापति निर्वाचित भएका हुन् ।

महतले २२ मतले केसीलाई हराएका हुन् । तर निर्वाचन समितिले मतगणनाको आधिकारिक विवरण औपचारिक रूपमा सार्वजनिक गर्न भने बाँकी छ । नेता महतले आफूलाई विजयी गराएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

नुवाकोटमा नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । रमेश डा. महत पक्षका हुन् भने केसी अर्जुननरसिंह केसी पक्षका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *