केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र हुन् : अध्यक्ष नेपाल

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र भएको बताएका छन् । पार्टीको गोदावरी नगर कमिटी गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै उनले एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन् ।

कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री विरोध खतिवडाले राष्ट्रपति केपी ओलीको कारिन्दा जस्तो बने पछि आफूहरू अदालत जानु परेको बताए । आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे । ठाकुर घिमिरेको अध्यक्षतामा गोदावरी नगर कमिटी गठन गरिएको छ । उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।

कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा, बागमती प्रदेशका सांसद माधवप्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटी सदस्य अमृत नाथ तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *