मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपालको पहिलो सीपीभीसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो ।

उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएता पनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्पनी पहिलेदेखि नै अग्रसर रहेको थियो ।

मंगलम पाइप्सले विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरु व्यवस्थापन गन डस्ट्बिनको स्थापना गर्दै आइरहेको छ । यो शुरुवात मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *