नबिल बैंकले युवालाई उद्यमी बन्न सहयोग गर्ने

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलताका लागि नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसीप सुरु गरेको छ ।

बैंकले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको जनाएको छ । यसमार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्ने जनाएको छ ।

यसअन्तर्गत कम्पनीले पहिलो चरणमा सातै प्रदेशको एक एकवटा विद्यालयसँग सम्झौता गरेको छ । यस कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयोग गर्ने बैंकले जनाएको छ ।

फेलोसिप कार्यक्रम आवसीय तालिममा आधारित हुनेछ‚ जसका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन स‌ंकाय स्कूल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् ।

तालिम अवधिमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *