सिभिल बैंकले मनायो एघारौँ वार्षिकोत्सव

काठमाडौं । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवाहरूको थालनीको  साथै विविध कार्यक्रमहरूको आयोजना गरी एघारौँ वार्षिकोत्सवको गरी मनाएको छ ।

बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरूमा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।

बैंकको प्रधान कार्यालयमा प्रायोरिटी बैंकिग सेवाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग ‘एक घण्टी झयाप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

बैंकले विविध सेवाहरूको थालनी गरेको छ । प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन, बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरूका लागि झन्झटरहित तथा समर्पित बैंकिङ सेवाका लागि प्रायोरिटी बैंकिङ सेवाको थालनी गरेको छ । सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *