आइएमई पेमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक हुने

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत र ३ सयसम्मको क्यासब्याकको अफर रहेको छ ।

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासब्याक मार्फत लाभ लिन सक्ने बताएका छन् ।

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासब्याक हुनेछ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *