नेप्से ओरालो लाग्यो, कारोबार रकम पनि बढेन

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ३.२२ अङ्कले घटेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.१२ प्रतिशतले घटेर २७३१.७८ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूह मात्र बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

बिहीबार २ सय ३३ कम्पनीका ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन समृद्धी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य ९.२७ प्रतिशत बढेको छ भने सामलिग पावर कम्पनी लिमिटेडको सेयर मुल्य समायोजन ८.१७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *